काठमाडौं,२८ साउन
देशका विभिन्न ठाउँमा अहिले भारी वर्षा भइरहेको छ ।
त्यस्तै ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, लगायतका ठाउँमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले केही बेरअघि सूचना जारी गर्दै भनेको छ– पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुरगढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य ससाना खोलामाआकस्मिक बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ।
आज दिनभर नै देशभर भारी वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा र घरमै रहँदा पनि सचेत रहन आग्रह गरिएको छ।