मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५

समाचार शेयर गर्नुहोस्

काठमाण्डौ,३० साउन

मुगुमा भएको जिप दुर्घटनामा मृत्यु संख्या पाँच पुगेको छ। सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

यसरी ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका  राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक मंगलबार ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो भने मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो ।

उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन । उनीहरुको हाल उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।