महासचिब गुटेरस नेपालमा

समाचार शेयर गर्नुहोस्

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । उनी राति १ बजे नेपाल आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

उनको नेपाल भ्रमण यसअघि अक्टोबरको दोस्रो साताका लागि तय गरिएको थियो ।

तर अक्टोबर ७ मा इजरायल र हमास लडाकुहरूबीचको सशस्त्र संघर्षका कारण उनको नेपाल भ्रमणको मिति सारिएको थियो ।

राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।