मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाबाट ६ बर्षमा दुईसय आठ जना ब्यक्तिले अपाङ्ग परिचय पत्र पाएका छन् ।
नगरपालिकाले विभिन्न सयममा प्रक्रिया पुर्याएर दुईसय आठजना ब्यक्तिलाई अपाङ्ग परिचय पत्र वितरण गरेको पालिकाकी उपप्रमुख एवम कार्यवाहक प्रमुख ऐश्वर्य मल्लले जानकारी दिइन् ।
‘रातो क बर्गको आठ जनालाई, निलो कार्ड ख बर्गको ६२ जनालाई, पहेंलो संकेत घ बर्गको ६२ जनालाई ,निलो संकेत भएको ७८ जनालाई अपाङ्ग परिचय पत्र बितरण गरिसकेका छौं,’ मल्लले भनिन् ।
अपाङ्ग भएका ब्यक्तिहरुले राज्यबाट क वर्गकाले प्रति महिना ३ हजार ९ सय ९० रुपैयाँ र ख वर्गको अपाङ्गले २ हजार १ सय साठी रुपैंयाँ पाउने गरेका छन् ।