हजारको नक्कली नोटसहित माछापोखरीबाट युवती पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडौं । एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंको बालाजुस्थित माछापोखरी चोकबाट एकजना पक्राउ परेकी छन् । बुधबार दिउँसो प्रहरीले काभ्रेको नमोबुद्ध नगरपालका–१० की २५ वर्षीया मनीषा न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंकै तारकेश्वर नगरपालिका–५, लोलाङमा बस्दै आएकी उनलाई एक हजार दरका पाँचथान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा औषधि किन्ने क्रममा नक्कली नोटको कारोबार भएको सूचना प्रहरीले पाएको थियो । सोही आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको टोलीले उनलाई ती नोटसहित पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको