रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेविसंघबाट राँके जुलुससहित पुत्ला दहन

समाचार शेयर गर्नुहोस्

काठमाडौँ । राजधानीको नयाँ बानेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले राँके जुलुससहित पुत्ला दहन गरेको छ ।

नेविसंघले राति करिब ९:१५ बजे बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस -संसद भवन सडक खण्ड अगाडि सहकारी ठगीमा मुछिएका सांसद एंव पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मसाल जुसुलसहित पुत्ला दहन गरेको हो ।

नेविसंघले गत बिहीबार सहकारी विभागमा लामिछानेविरुद्ध उजुरी दर्ता गरेर कारबाहीको माग गरेको थियो । रविका तर्फबाट विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ घुस लिएर आफ्नो संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लागेको छ ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल,अनुराग शाह, सरोज थापा, दिप बोहरा , नेविसंघ प्राविधिक विधार्थी परिषद केन्द्रीय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौँ अध्यक्ष अंशुल केसी, नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनी, नेविसंघ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष विष्णु बडैला, नेविसंघ एनसीआईटी सभापति सन्तोष आचार्य, नेविसंघ काठमाडौँ जिल्ला उपाध्यक्ष जेन तामाङ, नेविसंघ काठमाडौँ कोषाध्यक्ष साइमन अधिकारी, नेविसंघ  प्युठान जिल्ला सहसचिव  मोहन  कालाथोकी, केसीसी सचिव बबिन बोहोरा, हिमालयन ह्वाइटहाउस सचिव भुवन सिंह रोकाया, अच्युत भुषाल, समीर ढुंगाना, सुभम खड्गी, भुपेन्द्र भट्ट, नेविसंघ नेता सन्तोष आचार्य, अभिषेक दहाल, रमेश खड्कालगायत नेताहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।