नेपाली चिकित्सकबाटै पहिलोपटक कलेजो प्रत्यारोपण

समाचार शेयर गर्नुहोस्

काठमाडौं । नेपालमा पहिलोपटक नेपाली चिकित्सकको टोली मात्रै रहेर सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल टिचिङका कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले सफल प्रत्यारोपण गरेको हो ।

डा.भण्डारीका अनुसार गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको थियो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य अवस्था राम्रो रहेको र आज डिस्चार्ज हुने डा. भण्डारीले जानकारी दिए ।

दाता श्रीमतीको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ । यसअघि विदेशबाट आएका चिकित्सकहरूको सहयोगमा मात्रै कलेजो प्रत्यारोपण हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।