बाली सुधारका लागि तरकारीसँग सम्बन्धित सात दिने तालिम आजदेखि

समाचार शेयर गर्नुहोस्

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा अन्तर्राष्ट्रिय स्तरको तरकारी बाली सम्बन्धी ७ दिने तालिम हुँदै छ । अमेरिका, क्यानडा र टाइवनका कृषि विज्ञले नेपालका ३० जनालाई तरकारीको बीउको प्रविधि र क्षमता अभिवृद्धि लगायत व्यवहारिक र  सैनिकता विषयहरू सिकाइने छन् ।

आइतबारबाट सुरु भएको तालिम २७ गतेसम्म जारी हुने छ । सो तालिमबाट बाली सुधारको लागि नयाँ विकास जातको कार्यक्रमलाई तीव्र गतिमा लैजानका लागि मद्दत पुग्ने नार्कअन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. राम बहादुर खड्काले बताए ।

सो तालिममा सरकारी र निजी क्षेत्रका ३० जना सहभागी हुने छन् । विश्वविद्यालयबाट ५ जना, नार्कबाट १५ जना, संघीया तथा प्रादेशिक सरकारी निकायबाट ६ जना र निजी बीउ उत्पादक कम्पनीबाट ४ जनाको सहभागिता रहेको खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको