इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना

समाचार शेयर गर्नुहोस्

विशेष अदालतले पूर्व सांसद एवं सिभिल तथा ऋण सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकेको छ।

उनकी श्रीमती सिर्जना शाक्यलाई भने डेढ वर्ष कैद र एक अर्ब तीन करोड रुपैयाँ बिगोसहित जरिवानाको फैसला भएको छ। अर्का अभियुक्त केशवलाल श्रेष्ठलाई पनि डेढ वर्ष कैद सजाय तोकिएको छ। उनलाई २५ करोड ६५ लाख बिगो जरिवाना भराउन पनि भनिएको छ।

सहकारीका दुई हजारभन्दा बढी बचतकर्ताले जम्मा गरेको रकम आफू सम्बद्ध कम्पनी, संस्था र निजी सम्पत्तिका रूपमा लगानी गरेर अवैध धनलाई वैध बनाएको आरोप सहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ मा मुद्दा दायर गरेको थियो।

यो मुद्दामा माघ ७ गते टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको थियो। आज सजाय निर्धारण गरिएको हो।

विशेष अदालतले प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ र मीना श्रेष्ठलाई भने सफाइ दिएको थियो। उनीहरूको सम्पति भने जफत हुने फैसला भएको छ।

इच्छाराज सहकारीको रकम हिनामिनाको ठगी कसूरमा अहिले पनि थुनामा छन्। ठगी कसूर सम्बन्धी मुद्दा भने जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ।

उनले तीन अर्ब ३१ करोड पाँच लाख ९२ हजार ९४२ रुपैयाँको स्रोत खुलाउन नसकेको आरोपसहित सम्पति शुद्धीकरणको कसूरमा मुद्दा चलेको थियो। त्यस्तै, सिर्जनाले एक अर्ब ३० करोड ९३ लाख ९५ हजार ८०२ रुपैयाँ, प्रतीक्षाले ६ करोड ४७ लाख ४६ हजार २५० रुपैयाँ र प्रतिष्ठाले एक करोड ८९ लाख एक हजार ६४६ रुपैयाँ अवैध सम्पत्ति जोडेको आरोप थियो।

यसैगरी, केशवलालले २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँको अवैध सम्पत्ति भेला पारेको आरोप थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।