दोलखामा गाडीको ठक्करबाट युवकको मृत्यु

समाचार शेयर गर्नुहोस्

दोलखा : काठमाडौंवाट दोलखातर्फ आउँदै गरेको  स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिंदा दोलखा वैतेश्वरका एक युवकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका—६ नाम्दुका २० वर्षीय प्रज्जवल तामाङको मृत्यु भएको हो ।

बा १९ च ९१२३ नम्बरको योद्धा गाडीले हिजो बेलुकी ७ बजे बागमती प्रदेश ०२०२७ प ८५६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सोही गाडीले बा ४२ प ४१६० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका ३ जनामध्ये प्रज्वलको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

योद्धा गाडीले स्कुटीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई अरु गाडीमा सवार यात्रुहरुले उद्धार गरी धुलिखेल अस्पताल पुर्याएका थिए । स्कुटीमा सवार उदयपुरको गाइघाट बस्ने युवती पनि घाइते भएकी छिन् । उनको शरीरको बिभिन्न भागमा चोट लागेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।