बैतडीमा रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु

समाचार शेयर गर्नुहोस्

धनगढी – बैतडीमा रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ। मुत्यु हुनेमा पाटन नगरपालिका– ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ वर्षीय छोरा प्रकाश पाण्डेय रहेका छन्।

सिद्धेश्वर मावि पाटन–१ मेल्चोरामा कक्षा १० मा अध्ययरत पाण्डेयलाई आफैले काट्दै गरेको रुखले च्यापिएको उनको आफन्तले बताए।

शुक्रबार बिहान रुखले च्यापिएर घाइते उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मृत्य घोषणा गरेको इन्चार्ज प्रेमसागर भट्टले बताए। मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।