मंगलबार यी काम गर्नुहोस्, सधैँ मिल्छ भगवान गणेशको कृपा

समाचार शेयर गर्नुहोस्

काठमाडौँ ।

मंगलबारका दिन भगवान गणेशसँगसँगै भगवान हनुमानको पनि पूजा हुने गर्दछ। हिन्दू शास्त्रका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ।

संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ। त्यसैले यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ।

मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?

मंगलबार बिहान राम मन्दिर जानुहोस्। मंगलबार हनुमानको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ।

एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस्। यसले नकारात्मक उर्जा समाप्त गर्ने काम गर्दछ।

मंगलबार बेलुका हनुमानलाई गुलाब चढाउनुहोस्। यसो गर्दा जीवनमा रहेका समस्या समाधान हुन्छन।

मंगलबार रामस्तोत्र पढ्ने गर्नुहोस्। जसले शुभ कामको थालनी गर्दा लाभ प्राप्त हुने वातावरण निर्माण गर्छ।

मंगलबार शुद्ध ध्यु वा तेलको बत्ती बालेर मात्रै हनुमान चालिसा पढ्नुहोस्। यसो गर्दा तपाईको मनकामना पूर्ण हुनेछ।

मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस्। यसो गर्दा बच्चामा सुत्दा डराउने समस्या हटेर जाने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।