१५ जेठ, काठमाडाैं

रेशम चौधरी भए ६ वर्षपछि जेलमुक्त भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलिपल्ट नै चौधरी जेलमुक्त भएका हुन् ।

उनी डिल्लीबजार कारागारबाट सोमबार विहान रिहा भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसदसमेत रहेका उनलाई लिन डिल्लीबजार कारागारमा उनका बुवा तथा आमा पुगेका थिए।

टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई सर्वोच्च अदालतले आजीवन काराबासको सजाय तोकेको थियो। उक्त घटनामा  दोषी ठहर भइ कैद सजाय भोगिरहेका उनीसहित राष्ट्रपतिबाट १९ जनाले आम माफी पाएका छन् ।