१६ जेठ,काठमाडाैं
सरकारले सांसद विकास कोषका लागि बजेट विनियोजन गरेपछि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सांसदहरु वडाध्यक्षको स्तरमा झरेको टिप्पणी गरेका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए।
‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू?’
सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।
यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२
