२२ जेठ,काठमाडाैं

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर उक्त आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

उनले टेलिफोनमार्फत बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन् ।

सभामुखले समयमा नै संवादबाट निकास खोजेर संसदको अवरोध अटाउन सरकारकार तर्फबाट पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतले जानकारी दियो ।

सभामुखसँगको संवादमा प्रधानमन्त्रीले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आज( सोमबार)को संसद्मा आफूले प्रष्टिकरण दिने बताएका छन् ।