२६ जेठ, काठमाडाैं
पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३८ जनाको नमुना परिक्षण गर्दा कसैमा पनि संक्रमण फेला नपरेको हो । यसबीचमा ३ जना संक्रमुक्त भएका छन् भने ६ हजार ४६४ जनाले कोरोना खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर जम्मा ११ जना काेराेना सक्रिय संक्रमित रहेकाे र आज काेराेनाबाट कसैकाे पनि मृत्यु भएकाे छैन्।