३१ जेठ,काठमाडाैं

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि बिहीबार बोलाइएको छ ।

बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले भोलि बिहान (बिहीबार) ८ बजेका लागि बोलाउने निर्णय गरेको हो।

कार्कीमाथिको सुनुवाइ जारी रहँदा लफडा भएको छ । सुनुवाइ समितिले आह्वान गरेअनुसार कार्कीलाई प्रधानन्यायाधीश नबनाउन भन्दै उजुरी दिएकाहरूलाई छलफलका लागि बोलाएको थियो ।

बुधबार उजुरीकर्ताहरूले समितिमा सामूहिक रूपमा बस्न पाउनुपर्ने बताएपछि सुरु भएको लफडा उनीहरू समिति बैठकमा बसेपछि पनि जारी रह्यो । समिति नै अवैध रहेको उजुरीकर्ताहरूको आरोप छ । उनीहरूले बैठकमा छलफलको मोडालिटी बनाऊँ भन्दा नमानेको र बाहिर निकालेको बताएका छन्