काठमाडाैं,
नेपालका तीव्र गतिका बलर गुल्शन झाले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले चार ओभरको पहिलो बलमै विकेट गुमाएको हो । जोन्सन चाल्र्सलाई शून्यरनमा नेपालका गुल्सानले आशिफमार्फत क्याचआउट गराएका हुन् ।
त्यस्तै करण केसीले आफ्नो पहिलो ओभरमै विकेट हात पारेका थिए । उनले वेस्ट इन्डिजका ब्याटस्म्यान काइल मेयर्सको विकेट लिएका थिए । उनी क्याच आउट भएका थिए । नेपालले राम्रो सुरुवात गरेको छ ।