काठमाडौं, असार ७ गते।आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजबाट ३४० रनको विजय लक्ष्य पाएको छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर ३३९ रन बनाएको थियो ।