काठमाडाैं,२५ असार

सौतेनी आमाको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ३९ वर्षिया मीरादेवी भगतको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको बेतिया जिल्ला नरकटियागञ्जका २० वर्षीय प्रेम भगतलाई पक्राउ गरेको हो।

उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका छन् ।

असार २३ गते शनिबार बिहान प्रेमले मिरासँग खाना माग्दा बासी भात दिएकाे भन्दै हाेटेलमै खान जान्छु, यहाँ खान्न भनेर बाहिर जान खाजेपछि आफूलाई गाली गर्दा विवाद भएकाे र विवादमा प्रेमले साैतेनी आमा मिरालाइ  चिरपाट प्रहार गरी हत्या गरेकाे अनुसन्धानबाट खुलेकाे  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

सुरुमा मिराले आफैँ आगो लगाई आत्महत्या गरेको भनिए पनि पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेमले हत्या गरेको अनुसन्धानमा खुलेकाे खड्काले जानकारी दिए।