काठमाडाैं,७ साउन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना अहिले नराख्न सुझाव दिएका छन्।

आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्ने नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए।

उनले भने, ‘सभापति चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो र बलियो बनोस्। महामन्त्री थापा पनि यही चाहनुहुन्छ तर कहाँनेर कुरा मिलेको छैन? यसो हेर्दा संसदीय दलमा थापाले मन डुलाउँदा सभापति र महामन्त्रीको ध्यान एकातिर हुन नसकेकोजस्तो लाग्यो’

उनले देशको समस्या नै हतारमा कदम चाल्ने र फूर्सदमा पछुताउने भएको भन्दै कांग्रेसले पनि त्यो कुराबाट आफूलाई परिस्कृत गर्नुपर्ने बताए ।यस्तै उनले महामन्त्रीले प्रस्ताव ल्याउँदा संघीयतालाई ध्यान नदिएको बताए ।