नेपालकाे शिक्षा क्षेत्र सबैभन्दा बेवारिसे : अध्यक्ष यादव

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१४ साउन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् ।आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले यस्ताे बताएका हुन् ।

यस्तै उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए । उनले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।

उनले भने,  ‘शिक्षा क्षेत्र ध्वस्त भएको छ । नेपालमा सबभन्दा अगाडि ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ । चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस् । सरकारले लगानी गरेको स्कुलमा जानुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको