काठमाडाैं,१५ साउन
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेको छ ।
महानगरले धुम्बाराहीस्थि राप्रपा कार्यालय डोजर लगाएर हटाउन खोजेपछि राप्रपाका नेता तथा कार्यकर्ताको धुम्बाराहीमा भीड लागेको छ ।मेयर बालेन साहको निर्देशनमा भवन भत्काउन लागिएको बताइएको छ।
गत शुक्रबार महानगरले मापदण्डविपरीत बिजुलीको हाइटेन्सन लाइनमुनि भवन बनाइएको भन्दै तीन दिनको समय दिएको थियो।