काठमाडौं,२१ साउन
आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।
आज (आइतबार) छापावाल सुनको मुल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।