काठमाडौं,२२ साउन
‘मोदी’ समुदायको अपमान गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीको सदस्यतालाई लोकसभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ। केही दिनअघि सर्वोच्च अदालतले गुजरात उच्च अदालतको सजायमा रोक लगाएसँगै नेता गान्धी लोकसभा फर्किएका हुन् ।
भारतको सर्वोच्च अदालतले गत हप्ता अगस्ट ४ का दिन गरेको एक फैसलाले उनीविरूद्धको सजाय र वायनाड क्षेत्रबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश सुनाएको थियो ।
सर्वोच्चको फैसलाको आधारमा लोक सभा सचिवालयले आज गान्धीको वायनाडबाट लोकसभाका लागि भएको प्रतिनिधित्वलाई पुनः बहाली गरेको हो ।