मेरले ७५ वर्ष पुग्नुभयो । जीवनका अधिकांश वसन्त बितिसके तर रामबहादुर परियारसँग आफ्नो पहिचान खुल्ने एउटा कागजसम्म छैन । न नेपाली नागरिकताको प्रमाणपत्र छ, न परिवार र आफन्तको ठेगाना । जीवनभर अरूको घरमा काम गरेर बिताएका उहाँ बुढ्यौँलीमा आफ्नै पहिचानका लागि सङ्घर्ष गरिरहनुभएको छ ।

रामबहादुरका अनुसार उहाँको जन्म २००८ सालमा भएको हो । बाल्यकालमै रामेछाप वा दोलखा आसपासको ‘फेदा टाँडी’ भन्ने ठाउँबाट कसैको पछि लागेर चितवन आउनुभएको थियो तर अहिले त्यो ठाउँ कहाँ पर्छ भन्ने पनि उहाँलाई स्पष्ट सम्झना छैन । परिवारमा को को हुनुहुन्थ्यो, घर कहाँ थियो र आफन्त को हुन् भन्ने जानकारी पनि उहाँसँग छैन ।