काठमाण्डौ,३० साउन

बैतडीमा सुन चोरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नमा डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ रहेकी छन्।

प्रहरीका अनुसार सोही ठाउँका जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको हो।

गत साउनमा नै सुन हराएको र गोपाल र उनकी श्रीमती लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबैमाथि चोरीसम्बन्धी मुद्धा दर्ता गरी  ७ दिनको म्याद थप गरिएको छ।