प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता राउन्ड रोविन फर्म्याटमा हुने

समाचार शेयर गर्नुहोस्

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता राउन्ड रोविन फर्म्याटमा हुने भएको छ ।

पुस ५ गतेबाट काठमाडौंमा सुरु हुन लागेको प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

‘महिला प्रधानमन्त्री कप राउण्ड रोविन आधारमा हुनेछ । डिसेम्बर २१ बाट गर्ने तयारीमा छौँ । सबैले सबैसँग खेल्नेछ । त्यसपछि क्वालिफायर प्लेअफ शैलीमा खेलाउने तयारी छ । अब केही दिन भित्रै यसको आधिकारिक टाइसिट नै सार्वजनिक हुन्छ ।’

कतिपय प्रदेशले छनोट प्रतियोगिता सकेर टिम घोषणा गरिसकेका छन् भने कतिपयमा छनोट अन्तिम चरणमा रहेको छ ।

पहिलो पटक महिला प्रधानमन्त्री कप काठमाडौंमा हुन लागेको हो । यसअघि काठमाडौं बाहिर हुँदै आएको यस प्रतियोगितामा ८ टिमले सहभागीता जनाउने छन् ।

यस अघिको संस्करण इटहरीमा भएको थियो । २०२३ को संस्करणको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको