गैँडा मारेर फरार रहेका बोहोरा तीन वर्षपछि पक्राउ

समाचार शेयर गर्नुहोस्

 कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा २ वटा गैँडा मारेर फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छ्न् । निकुञ्ज निकुञ्जको संयुक्त गस्ती टोलीले ३ वर्षदेखि फरार रहेका चितवन राप्ती नगरपालिका वडा नं. ६ बस्ने टिकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरालाई हेटौँडा उप महानगरपालिका वडा नं २ चौकीटोलबाट पकाउ गरेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार २०७६ को भदौ ३१ गते अमलटारी सेक्टर अन्तर्गतको बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भाले गैंडा मारेर खाग काटेर लगेको तथा २०७७ को कार्तिक २० गते भोसारघाटतर्फ आईल्याण्ड क्षेत्रमा गोली हानेर गैँडा मारेर खाग लगेको घटनामा संलग्न रहेका बोहोरा ३ वर्षदेखि फरार रहेका थिए ।

उक्त घटनामा आरोपित २४ जनामध्ये २० जना यस अगाडि नै पक्राउ परेका थिए भने बोहोरा गत मंगलबार पक्राउ परेका हुन् । सूचना अधिकारी तिवारीका अनुसार घटनामा संलग्न ३ जना अझै फरार रहेका छ्न् ।

बोहोरालाई बयान तथा थुनछेक आदेशका लागि चितवन जिल्ला अदालत पेश गरिएको तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको