Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

बाँदर नियन्त्रण गर्न रुख काट्ने वडाको अभियानमा महानगरको रोक

समाचार शेयर गर्नुहोस्

बाँदर नियन्त्रण गर्न भन्दै रुख काट्ने वडा कार्यालयको अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ । महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने/फाँड्ने काम नगर्न महानगरले निर्देशन दिएको हो ।पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान शुरू गरेको थियो । वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको थियो ।महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत रुख काट्ने, फाँड्ने काम नगर्न निर्देशन दिएको जनाएका छन् । ‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा स्थानीय सरकार सँञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएकोले सो सम्बन्घि कुनै पनि कार्य (रुख काट्ने फाड्ने) नगर्नू/नगराउनू हुन सम्बन्घित सबैलाई जानकारी गराइसकिएको छ,’ उनले लेखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको