काठमाडौँ – युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम यही मिति २०८० माघ २० गते कोहलपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको थियो । सो कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । सभाध्यक्ष कार्यकारी निर्देशक डा.गोपाल दहित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरु सहभागी थिए ।
युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

दिब्य पाना
माघ २१ गते २०८०
1:57 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन
वैशाख ३१ गते २०८३
ताइवान मुद्दा गलत तरिकाले चलाए सम्बन्ध खतरनाक मोडमा पुग्नसक्छ : सी चिनफिङ
वैशाख ३१ गते २०८३
विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ।
वैशाख १२ गते २०८३
पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति
चैत्र २२ गते २०८२
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
चैत्र २२ गते २०८२
महान्यायाधिवक्तामा डा.नारायण कँडेल नियुक्त
चैत्र २२ गते २०८२
सेन्सेइको नयाँ वर्ष योजना– ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’
चैत्र २२ गते २०८२