सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउने आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले बुधबार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोसहितका नाममा यस्तो आदेश जारी गरेको हो।
साइबर अपराध मुद्दामा प्रकाउपछि धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि अदालतपरिसबाटै प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई आपराधिक विश्वासघात मुद्दामा अदालतबाटै पक्राउ गरेको हो।