काठमाडौं । दुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार (पुस २८) मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट (भेप)सहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
ना६ख ७५९१ नम्बरको कन्टेनरमा केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् ।








