साताको पहिलो कारोबार दिन आइतबार शेयरबजारमा उत्साह देखिएको छ । यसदिन नेप्से सूचक ३१ अंकमाथिले बढ्दा कारोबारसमेत ८ अर्बमाथिको भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३१.१२ अंकले बढ्दै २ हजार ६७२.५५ अंकमा उक्लिएको छ भने यसदिन ८ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको एक करोड ६६ लाख ११ हजार कित्ता शेयर कारोबार भएको छ ।

उसो त आज सेन्सेटिभ इन्डेक्स समेत १.०३ प्रतिशतलेमाथिले बढ्दै ४५९.४३ अंकमा उक्लिएको छ । सबै उपसूचक धनात्मकहुँदै आज बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले बढेको छ । २२४ कम्पनीको शेयर मूल्य बढ्दा आज जम्मा ३१ कम्पनीको मात्र मूल्य घटेको छ ।

आज चारवटा कम्पनी सागर डिस्टिलरी, उन्नत सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटिच इन्ड्रस्ट्रिज् र गोर्खाज फाइनान्सको शेयर मूल्यमा सर्किट लागेको छ ।