सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र नेपाली कांग्रेसबीचका संयुक्त उमेदवारलाई विजयी बनाउन अपिल गरेको छ ।

शनिबार (माघ १०) कर्णाली प्रदेशसभा भवनमा बसेको एमाले संसदीय दलको बैठकबाट आइतबार (माघ ११) हुने राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन अपिल गर्ने निर्णय गरिएको हो ।

यस्तै, माघ १८ गतेदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्य सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने समेत निर्णय गरिएको छ ।