नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार (कात्तिक १३) बस्ने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम भने कात्तिक १२ गते तय गरिएको छ । त्यसको भोलिपल्ट पहिलो बैठक बस्न लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार, नवनिर्वाचित सभापति गगनकुमार थापाले पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्नेछ ।








