नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाल तरुण दलको जिल्ला अधिवेशन पाँचदेखि छ महिनाभित्र सम्पन्न गर्ने बताएका छन्। तरुण दलको कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका महामन्त्री पौडेलले बढीमा एक वर्षभित्र केन्द्रीय अधिवेशन गरिसक्ने बताए।
युवा संघको सङ्गठनात्मक गतिविधि नियमित हुन नसकेको र युवालाई सङ्गठनको छातामुनि ल्याउने कार्यमा कमजोरी भएको बताए। तरुण दलको नेतृत्वलाई सङ्गठनलाई थप सशक्त बनाउन र नियमित रूपमा सञ्चालन हुने वातावरण निर्माण गर्न आग्रह गरे।








