मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनमा दुई युवकको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक मकवापुरकै राक्सिराङ गाउँपालिका-१ बस्ने २२ वर्षीय संजित स्याङ्तान र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल फरार सवारी साधन र चालकको खोजी भइरहेको प्रहरीको भनाई छ।







