सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले अग्रता कायम गरेका छन्।
७३ हजार ८५१ मत गणना हुँदा उनले ३३ हजार ५६५ मत ल्याएका छन्।
यहाँ उनले प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की शरिन गोमा तामाङसँग १३ हजार ३२८ मतान्तर कायम गरेका छन्।
रास्वपाकी तामाङले २० हजार २३७ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सूर्यबहादुर भट्टराईले ५ हजार ५८९ मत ल्याएका छन्।








