२५ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटाएको छ ।
निर्वाचन आयोगको विवरणअनुसार यो पार्टीको समानुपातिक मत २ लाख ९० हजार ६११ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ४० लाख ३१ हजार, ८४, नेपाली कांग्रेसको १३ लाख ५६ हजार ५४७, नेकपा एमालेको ११ लाख ४७ हजार ४०७ र नेपाली कम्युनिस्ट पार्टीको ५ लाख ९० हजार ३६८ मत रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गते भित्र मत गणना सकेर समानुपातिक तर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिने लगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ ।
समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।
निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ ।








