सप्तरी– राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने २७ वर्षीया पञ्चाङ सदाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







