वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय संयोग राईलाई प्रहरीले पक्राउ गरेको हव ।

उनले ग्रीस पठाइदिन्छु भन्दै तीन जनाबाट २५ लाख लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।