काठमाडौं । सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १६१ रनको लक्ष्य दिएको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम ४३.२ ओभरमा १६० रनमा अलआउट भएको हो ।
सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक ३३ रन बनाए ।
सुदूरपश्चिमलाई सस्तैमा प्याक गर्न मधेसका लागि अरनिको यादवले ३ विकेट लिए । प्रदिप पासवानले २ तथा रुपेश सिंह, मोहम्मद आदिल आलम, आशिक बैठ र पवन सरार्फले १–१ विकेट लिए। टस जितेर मधेसले पहिले फिल्डिङ रोजेको हो








