नेपालीहरूको महान् चाड दसैँमा खानपान मुख्य रूपमा जोडिन्छ । यस समयमा मासुका विभिन्न परिकारको उपभोग धेरै हुन्छ, जसमा चिल्लो, पिरो र मसलाको सम्मिश्रण धेरै हुन्छ । स्वस्थ मानिसका लागि सन्तुलित मात्रामा खानपान गर्दा खासै समस्या नभएपनि मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
एक वयस्क मानिसलाई दिनमा करिब १०० ग्राम मासु पर्याप्त हुने भएकाले आफ्नो स्वास्थ्य स्थितिअनुसार चिनीयुक्त र गुलिया परिकार एवं बढी फ्याट भएका खानेकुराको मात्रा नियन्त्रण गर्नु आवश्यक हुन्छ । मासु तथा अन्य परिकार खरिद गर्दा र पकाउँदा विशेष ध्यान दिनुपर्छ ।








