काठमाडौं- सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश बोकेर प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार पोखरा आइपुगेको छ ।

मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य ९मुक्तिनाथ बाबा०को सत्सङ्कल्पअनुसार मुक्तिनाथ मन्दिरबाट यही कात्तिक ८ गतेदेखि सुरु भएर पोखरा आइपुगेको रथयात्राका क्रममा धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा विशेष कार्यक्रम गरी स्वागत गरिएको थियो ।