मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई समाधान गर्न प्रेरित गरेको छ ।
यहाँस्थित प्रदेश अस्पताल जोमसोममा २०६६ सालमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको थियो । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा दृष्टिविहीनता निवारण परियोजनाको आर्थिक सहयोगमा मुस्ताङमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको हो ।








