शरद ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्।
पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन्। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी संकलन गरेको छ।








