अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको टमाटर बिक्री गर्न प्रधानाध्यापक सुवाचन्द्र बजाडे आफैँ बजारमा खटिएका छन् ।
विद्यार्थीले मिहिनेत गरेर उत्पादन गरेको कृषि उपज खेर जान नदिन उनी टमाटर बोकेर बजार पुग्ने, ग्राहकको मागअनुसार घरघरमा पुर्याउने र फोनमार्फत अर्डर लिने काममा जुटेका छन् ।








