साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साता २ प्रतिशतभन्दा बढीले बढेको बजार यो साताको पहिलो कारोबार दिनमै १ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो।
आज कारोबारको अन्त्यमा नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ। यो गत साताको अन्तिम कारोबार दिनको तुलनामा १.२१ प्रतिशतको गिरावट हो।








