भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ । उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा. रञ्जीत पाण्डेले जानकारी दिए ।
डा. पाण्डेका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वास, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सो बाथ रोग तथा फोक्सो सुक्ने समस्या लगायतका रोगको उपचार तथा परामर्श सेवा उपलब्ध हुनेछ । त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुनेजस्ता समस्याको पहिचान र उपचार हुने अस्पतालले जनाएको छ।






